Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गर्ने प्रविण श्रेष्ठ पक्राउ

अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गर्ने प्रविण श्रेष्ठ पक्राउ

  • सोमवार, फाल्गुण ७ २०८०

  • 447
    SHARES

  • अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गर्ने प्रविण श्रेष्ठ पक्राउ

    काठमाडौं । सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् ।

    एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । गाडीमै सवार एक जना महिलाले दाइ–दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रविण श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग गरेका थिए ।

    उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।


    सोमवार, फाल्गुण ७ २०८००२:१४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij