काठमाडौं। सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएसँगै नेप्से परिसुचक राताम्मे भएको छ। आज बजार २७.२१ अंकले घटेर २०३४ को विन्दुमा कायम भएको छ।
आज कारोबारमा आएका ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजारको कारोबार भएको छ। बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको हो।
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४० करोड ९० लाख रुपैया बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा एनआइसी एशिया बैंकको १३ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
त्यस्तै उक्त दिन जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २७ लाख ९३ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको ७ करोड ६१ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो।
यस्तै आज बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ। त्यसैगरी, किसान लघुवित्तको ८.२२ प्रतिशत, यूनियन हाइड्रोपावरको ६.६५ प्रतिशत, आशा लघुवित्तको ६.०४ प्रतिशतले सेयर मूल्य बढेको छ।