Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

  • आइतवार, फाल्गुण ६ २०८०

  • 482
    SHARES

  • भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौं। अख्तियार दुरुपयोगअनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन जना पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्।

    त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ।अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो कायम गरेको छ।

    त्यसै गरी खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो कायम गरिएको छ।यस्तै तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ।

    त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो कायम गरिएको छ।यस्तै तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको छ।


    आइतवार, फाल्गुण ६ २०८००५:३८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij