Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मध्यस्थतासम्बन्धी ५ दिने तालिम काठमाडौंमा

मध्यस्थतासम्बन्धी ५ दिने तालिम काठमाडौंमा

  • आइतवार, फाल्गुण ६ २०८०

  • 546
    SHARES

  • मध्यस्थतासम्बन्धी ५ दिने तालिम काठमाडौंमा

    काठमाडौं। लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउने उद्देश्यका साथ काठमाडौँमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिम सञ्चालन भइरहेको छ ।

    फागुन ४ गतेदेखि जारी तालिममा ‘सम्झौता मस्यौदाको सिद्धान्त र कर्पोरेट मुद्दा’, ‘नेपालमा अदालतको हस्तक्षेप र मध्यस्थताको निर्णयको कार्यान्वयन’ जस्ता १० विषयको कार्यपत्र प्रस्तुत तथा प्रशिक्षण भइरहेको छ ।

    ४ गते डिएलए नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षता र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा तालिम उदघाटन गरिएको हो ।

    तालिमको तेस्रो दिन आज (आइतबार) ‘प्रशासन सम्झौतामा देखिएका समस्या’ र ‘दाबी, प्रतिरक्षा र काउन्टर दाबीको तयारी’का विषयमा प्रशिक्षण भइरहेको छ ।

    नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) र नेपाल मध्यस्थता परिषद् (नेप्का) को संयुक्त आयोजनामा मध्यस्थतासम्बन्धी ५ दिने तालिम सञ्चालित भएको हो ।

    ४ गतेदेखि चलेको तालिम ८ गतेसम्म जारी रहनेछ । उक्त तालिममा देशभरबाट ५६ जना प्रशिक्षार्थी को सहभागिता छ भने लामो समयदेखि न्याय क्षेत्रमै रहेका पोख्त र अनुभवी व्यक्तिहरू नै प्रशिक्षार्थीका रूपमा सहभागी छन् ।

    नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले यस्ता तालिमले नेपालको न्याय प्रक्रियालाई सहज र छिटोछरितो बनाउन मद्दत गर्नुका साथै थुप्रिएका मुद्दाको चाङलाई पनि घटाउन सहयोग पु¥याउने बताए ।

    त्यस्तै, डिएलए नेपालका अध्यक्ष सीताराम केसीले यस प्रकारको तालिमले सहभागी प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि हुने र मध्यस्थताका क्षेत्रमा योग्य र सक्षम जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।दुई पक्षीय रूपमा भएका सम्झौताको कार्यान्वयनका चरणमा देखिने समस्या र उत्पन्न हुने विवाद मध्यस्थतामार्फत् निरुपण हुँदै आएको छ ।

    अदालतमा मुद्दा प्रक्रियाबाटै यस्ता समस्याको निरुपण गर्न खोज्दा लामो समय लाग्ने हुँदा दुई पक्षको सहमतिमा मध्यस्थकर्ता नियुक्त गरी यस्ता समस्या समाधान गरिन्छ भने यसमार्फत भएको निर्णयलाई नै दुवै पक्षले स्वीकार गर्ने गर्छन् ।

    यदि यस्तो निर्णयलाई कुनै पक्षले स्वीकार गर्न आनाकानी गरेमा त्यस्तो मुद्दामा पुनरावेदनमा जाने बाटो भने खुलै रहन्छ ।


    आइतवार, फाल्गुण ६ २०८००३:२८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij