Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गृहद्वारा प्रहरी समायोजनका लागी समिति गठन

गृहद्वारा प्रहरी समायोजनका लागी समिति गठन

  • शनिवार, फाल्गुण ५ २०८०

  • 622
    SHARES

  • गृहद्वारा प्रहरी समायोजनका लागी समिति गठन

    काठमाडौं। गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन समिति गठन गरेको छ। गृहले आज प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको हो।

    समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य रहनु भएको छ।

    मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहनेगरी पाँच सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ।

    प्रशासन माहाशाखामा हाल महाशाखा प्रमुख तोकिएको छैन। महाशाखा प्रमुख कसलाई राख्ने भन्नेबारे निर्णय हुनुअघि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासन पनि हेरिरहनु भएको छ।

    कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन सुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

    प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निरन्तर काम भइरहेको मन्त्रालयले जनाएको छ।


    शनिवार, फाल्गुण ५ २०८००४:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij