काठमाडौं। कपिलवस्तुमा ४ वर्षकी बालिका बलात्कृत भएकी छन्। जिल्लाको कपिलवस्तु नगरपालिका–९ मा छिमेकी १४ वर्षे बालकले उनलाई बलात्कार गरेको पाइएको छ।
प्रहरीका अनुसार घटना हिजो साँझ ६ बजेतिर भएको हो। घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर वलीले पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।