Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने एकजना पक्राउ

बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने एकजना पक्राउ

  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 491
    SHARES

  • बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने एकजना पक्राउ

    काठमाडौं। मोरङमा बोक्सीको आरोपमा एकजना महिलालाई मलमुत्र खुवाइएको छ। जिल्लाको बूढीगंगा गाउँपालिका–७ मा ५५ वर्षीय महिलालाई यातना दिएर मलमूत्र खुवाइएको प्रहरीले जानकारी दिएको छ ।

    हिजो दिउँसो महिलालाई बोक्सी आरोपमा यातना दिंदै मलमूत्र खुवाउने अर्की महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन्। उनी गाउँकी धामी हुन्।

    हिजो माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछी जोखाना हेर्दा दियो पीडितले नै चोरेको भन्दै माझीले कुटपिट गरेको तथा पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको पीडितको भनाइ छ।

    त्यसलगत्तै पीडित महिलाले हरैचास्थीत प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएपछी अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरिएकको प्रहरीले बताएको छ। पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।


    शुक्रवार, फाल्गुण ४ २०८००२:१२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij