Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपालीले ७३ लाखदेखि १ करोड ५० लाखसम्म राहत पाउने

रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपालीले ७३ लाखदेखि १ करोड ५० लाखसम्म राहत पाउने

  • बुधवार, फाल्गुण २ २०८०

  • 1.0K
    SHARES

  • रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपालीले ७३ लाखदेखि १ करोड ५० लाखसम्म राहत पाउने

    काठमाडौं । युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताउनुभयो ।

    प्रवक्ता राईका अनुुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम दिने उहाँले जानकारी दिनुभयो ।

    यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारको कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको थियो ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको एउटा आदेशमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिने र युद्धका क्रममा घाइते भएकाहरूलाई ३० लाख रुबल क्षतिपूर्ति दिने उल्लेख छ ।

    दूतावासमार्फत राहत रकम पठाउन रुस सरकार तयार भए पनि यो रकम कहिले आउँछ भन्ने टुंगो छैन । स्रोतका अनुसार मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन् । तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउन सक्छन् ।

     


    बुधवार, फाल्गुण २ २०८००२:१७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij