Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति

विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति

  • बुधवार, फाल्गुण २ २०८०

  • 383
    SHARES

  • विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति

    काठमाडौं । विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो ।

    विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो । सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा मुछिएपछि उनीहरु निलम्बनमा परेका थिए ।

    अख्तियारले २०८० असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेल लगायतका व्यक्तिविरुद्ध ७० करोड रुपैयाँ बराबरको बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

     


    बुधवार, फाल्गुण २ २०८००२:०१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij