Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो (नामसहित)

पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो (नामसहित)

  • बुधवार, फाल्गुण २ २०८०

  • 365
    SHARES

  • पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो (नामसहित)

    पाल्पा । पाल्पामा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ​आठजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

    तिनाउ गाउँपालिका ६ मस्यामको चिदिसमा मंगलबार बेलुकी भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको हो । ​मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी र २८ वर्षीया उर्मिला अस्लामीको मृत्यु भएको हो ।

    यसैगरि रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल, उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, तिनाउ गाउँपालिका–२ खुर्सानेका २० वर्षीय गीता सुनार, रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुनार, रूपन्देही देवदह नगरपालिका–५ कि २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका १६ जनाको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रु बाहक जिप डुम्रे चक्लदी भित्री सडकखण्डको चिदिस भन्ने ठाउँमा दुर्घटना भएको थियो । जिप सडकभन्दा लगभग ३ सय मिटर तल खसेको बताइएको छ ।

     


    बुधवार, फाल्गुण २ २०८००८:२२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij