Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरी मनाइँदै

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरी मनाइँदै

  • बुधवार, फाल्गुण २ २०८०

  • 669
    SHARES

  • आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरी मनाइँदै

    काठमाडौं । आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर मनाइदै छ । आजको दिनमा विशेष गरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकारहरुले देवी सरस्वतीको पूजा गर्दैछन् । श्रीपञ्चमी, बसन्तपञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ ।

    सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो ।

    आजको दिन काठमाडौं‍ उपत्यकामा स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले र भक्तपुरको सरस्वतीखेल आदि स्थानका सरस्वतीको मन्दिरमा पूजा गर्नेको भीड लाग्दछ ।


    बुधवार, फाल्गुण २ २०८००७:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij