Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै

  • बुधवार, फाल्गुण २ २०८०

  • 580
    SHARES

  • आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै

    काठमाडौँ । हरेक वर्ष फेबु्रअरी १४ मा मनाइने भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस आज मनाइँदैछ । विशेष रूपमा प्रेमिल जोडीले आजको दिनलाई माया साटासाट गरेर मनाउने गर्दछन् ।

    पश्चिमा देशबाट प्रसार भएको भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि युवायुवतीले मनाउने गरेका छन् । युवा पुस्तामा प्रिय उत्सव बन्न पुगेको भ्यालेन्टाइन डे साताव्यापी रुपमा मनाउन थालिएको छ ।

    जसअन्तर्गत फब्रुअरीे ७ मा रोज–डे का दिन गुलाफ दिएर सुरु हुन्छ भने त्यसपछि प्रस्ताव राख्ने, चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो हाल्ने र अन्तमा प्रणय दिवस मनाउने गर्दछन् ।

    आफ्नो प्रिय वा मन परेको व्यक्तिलाई रातो गुलाफ तथा उपहार दिएर आफ्नो प्रेम व्यक्त गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यसका लागि रातो गुलाफ तथा गिफ्ट पसल र रेस्टुराँहरुमा युवायुवतीको भीड देखिन्छ 


    बुधवार, फाल्गुण २ २०८००७:३१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij