Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा युवती पक्राउ

अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा युवती पक्राउ

  • मंगलवार, फाल्गुण १ २०८०

  • 530
    SHARES

  • अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा युवती पक्राउ

    काठमाडौं । अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले छिन् । उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ ।

    फ्लाई दुबईको उडानमार्फत जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो ।

    बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    मंगलवार, फाल्गुण १ २०८००४:४६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij