काठमाडौं। अघिल्ला बर्षको तुलनामा यस बर्ष कम जाडो महसुस गरिएकाले यस पटकको जाडो अझै बाँकी हो की भन्ने धेरैमा जिज्ञासा देखिएको छ। तर मौसम पुर्वानुमान महाशाखाका अधिकारीहरुले यस पटकको जाडो सकिन लागेको बताएका छन् ।
दिनप्रति दिन तापक्रम बढ्दै गएको र फेरि चिसो बढ्ने संभावना नरहेकाले यस पटकको जाडो सकिन लागेको उनीहरुको भनाई छ । आगामी दुई तीन दिन बादल लाग्ने र सामान्य बर्षा भएपनि यस पटकको हिंउद १५ ÷ १६ दिनमा सकिने महाशाखाका मौसमविद् संजीव अधिकारीले जानकारी दिनुभयो ।
अघिल्ला बर्ष धेरै दिन चिसो हुने गरेकोमा यस बर्ष निकै थोरै दिन मात्रै धेरै चिसो भएको र अधिकांश दिन तापक्रम धेरै भएकाले खासै चाडोको महसुस नगरिएको उहाँको विश्लेषण छ ।