Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

  • सोमवार, आषाढ २२ २०७७

  • 977
    SHARES

  • नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

    नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचनका अनुसार १४ जनाकाे स्वाब परीक्षणा गरिएकाेमा सात जनाकाे परीक्षण रिपाेर्ट आएकाे र सात जनाकाे आउन बाँकी छ । उहाँले उद्धार उडानका क्रममा सङ्क्रमण भएको सक्ने बताउनुभयाे ।  

    संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुख लागेको उहाँको आधिकारीक ट्वीटरमा उल्लेख गर्नुुभएको छ ।

    उहाँले लेख्नुुभएको छ ‘ नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल वायुसेवा निगमका चालक दलका केहि सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुख लागेको छ । संकटकालीन अवस्थामा उहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु,उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । ’


    सोमवार, आषाढ २२ २०७७०३:५७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij