Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

  • सोमवार, माघ २९ २०८०

  • 830
    SHARES

  • आजको मौसमः यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावअनुसार देशका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति भने देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    सोमवार, माघ २९ २०८००७:३८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij