Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सांसदकै सुटकेस फुटाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सांसदकै सुटकेस फुटाइयो

  • आइतवार, माघ २८ २०८०

  • 610
    SHARES

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सांसदकै सुटकेस फुटाइयो

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गर्नुभएको छ ।

    आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उहाँले गुनासो गर्नुभएको हो ।

    आफन्तहरूसँग मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थल आएर सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा पाएको उल्लेख गर्नुभयो । सांसद प्रसाईंले भन्नुभयो– ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ । तर नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ ।’

    उहाँले सरकारको यस्ता घटनातर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अध्यागमन विभाग र भन्सारका कर्मचारीलाई तालिम दिनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । साथै आफू भारतबाट काठमाडौं आउँदा आफूले साडी ल्याएको झोला जबरजस्ती खोतलेको तर आफूभन्दा माथिल्लो तहको सँगै रहेका व्यक्तिले धेरै सामान ल्याएपनि ती व्यक्तिमाथि कुनै जाँच नगरेको उल्लेख गर्दै एयरपोर्टमा यस्तो किन भयो भन्दै प्रश्न गर्नुभयो।

     


    आइतवार, माघ २८ २०८००१:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij