Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

टीकापुरका भूमाफियाले यसरी पनि जग्गा हडपेका थिए (प्रमाणसहित)

टीकापुरका भूमाफियाले यसरी पनि जग्गा हडपेका थिए (प्रमाणसहित)

  • शनिवार, माघ २७ २०८०

  • 1.9K
    SHARES

  • टीकापुरका भूमाफियाले यसरी पनि जग्गा हडपेका थिए (प्रमाणसहित)

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सय ४९ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरेको छ। जसमा टीकापुर विकास समितिका सबैजसो पदाधिकारी परेका छन्, धेरैजसो प्रतिवादी अछाम जिल्लाका छन्।

    नेपाली रेडियो नेटवर्कलाई तत्कालीन समयमा टीकापुर नगर विकास समितिले जग्गा वितरण गर्दा दिएको रसिद फेला परेको छ । २०४९ साल ११ महिना १० गते टीकापुरको ९ नम्बरस्थित एक प्लटका लागि भन्दै उपेन्द्रबहादुर बमको नाममा एक हजार रुपैयाँको रसिद काटिएको छ । रसिद नम्बर ३०२३८४५११ बाट एक हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ । तर, जग्गाधनीले नापी गर्दा जग्गा नै पाएनन् । त्यसमा पनि नगर विकासका तत्कालीन व्यक्तिहरु मिलेर महंगो मूल्यमा अर्कोलाई जग्गा बेचेको बताइएको छ ।

    1.jpg

    यो एक प्रतिनिधि घटनामात्रै हो । एक हजारको रसिद काटेर पछि प्लट गायब भएका धेरै पीडितहरु रहेका छन् । नगर विकास र त्यहाँका भूमाफियाहरुको मिलेमतोमा नागरिकलाई प्रताडित तुल्याइएको छ । अब भने पीडितहरुले आफ्नो जग्गा पाउने आशा मारिसकेका छन् तर भूमाफियालाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

    2.jpg

    टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो।

    यसबारेमा अख्तियारको अनुसन्धानले भ्रष्टाचार भएको निष्कर्ष निकालेपछि मुद्दा चलाउने निर्णय भएको हो। काठमाडौंको ललिता निवासभन्दा ठूलो घोटाला यसलाई काठमाडौंको ललिता निवासभन्दा ठूलो घोटाला मानिएको छ। ललिता निवास घोटालामा १ सय ७५ जना प्रतिवादी थिए।

    ललिता निवास घोटालाबारे विशेष अदालतमा अन्तिम चरणको सुनुवाइ चलिरहेको छ।


    शनिवार, माघ २७ २०८००६:०३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij