Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २० जना घाइते

काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २० जना घाइते

  • शनिवार, माघ २७ २०८०

  • 472
    SHARES

  • काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २० जना घाइते

    काठमाडौं । चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– २ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको थियो ।

    घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

     


    शनिवार, माघ २७ २०८००८:२९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij