Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

  • बुधवार, माघ २४ २०८०

  • 768
    SHARES

  • ६१ किलो सुन तस्करी  प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी
    काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को पत्राचारपश्चात् इन्टरपोलले उनीविरुद्द  डिफ्युजन नोटिस जारी गरेको हो।
     
    रोल्पा घर भएकी रोका सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन्। श्रीमान् पक्राउ परेपछि उनी फरार भएकी थिइन्। राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलो भन्दा बढी सुन तस्करी प्र प्रकरणमा  उनको समेत संलग्नता खुलेको थियो। 
     
    रोका सहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ। अमला ठमेलस्थित भियना होटेलकी सञ्चालक समेत हुन्। उनी सहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ।
     
    फरार रहेकी रोका विरुद्ध डिफ्युजन नोटिस जारी गर्न भन्दै सीआईबीले पत्राचार गरेको थियो। सीआईबीको पत्राचार अनुसार नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्युजन नोटिसका लागि इन्टरपोलमा पत्राचार गरेको थियो।
     
    रोका माओवादी नेताहरूसँग निकट मानिन्छिन्। उनी माओवादी रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्ष समेत हुन्।


    बुधवार, माघ २४ २०८००३:४८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij