Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

  • बुधवार, माघ २४ २०८०

  • 653
    SHARES

  • ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

    काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केही दिन लाग्ने जानकारी दिएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै केही दिनको समय लाग्ने बताएको हो ।

    उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो ।

    १९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो। र परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो ।

    आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाल परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताउनुभयो। ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन्। आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उहाँको भनाइ छ।

     

    eps_IMMXGZkgCz.webp


    बुधवार, माघ २४ २०८००१:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij