Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जाँदै

परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जाँदै

  • बुधवार, माघ २४ २०८०

  • 360
    SHARES

  • परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद अष्ट्रेलिया जाँदै हुनुहुन्छ ।

    अष्ट्रेलिया सरकार र इण्डिया फाउण्डेसनलेमाघ २६ र २७ गते पर्थमा आयोजना गर्ने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद आज बुधबार त्यसतर्फ जान लाग्नुभएको हो । श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीसहित त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    साउदले यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। पर्थमा रहँदा उहाँले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम पनि छ।

    परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जाने कार्यक्रम रहेको छ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किने तय भएको छ।


    बुधवार, माघ २४ २०८००७:०२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij