Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नागढुंगा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा गरिने

नागढुंगा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा गरिने

  • मंगलवार, माघ २३ २०८०

  • 420
    SHARES

  • नागढुंगा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा गरिने

    काठमाडौं। नागढुंगा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ अर्को महिना गरिने भएको छ। आज राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने आयोजनाले जानकारी दिएको हो।

    नागढुंगा सुरुङ मार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको भन्दै मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताउनुभयो।

    अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको उहाँको भनाइ थियो। समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अन्डर पास, ४वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको उहाँले बताउनुभयो।

    उहाँले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौँतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताउनुभयो।


    मंगलवार, माघ २३ २०८००४:२६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij