Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एक दर्जन न्यायाधीशको सरुवा(सूचीसहित)

एक दर्जन न्यायाधीशको सरुवा(सूचीसहित)

  • मंगलवार, माघ २३ २०८०

  • 523
    SHARES

  • एक दर्जन न्यायाधीशको सरुवा(सूचीसहित)

    काठमाडौं। उच्च अदालत तथा जिल्ला अदालतका एक दर्जन न्यायाधीशहरूको सरुवा भएको छ। आज बसेको न्याय परिषद् बैठकले १२ जना न्यायाधिसको काज सरुवा गरेको हो।

    जसअनुसार उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ।

    न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालालाई कास्कीमा, कास्कीका अवनी मैनाली भट्टराईलाई मकवानपुर, तेह्रथुमका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीम बहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ।

    त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुरमा काज सरुवा भएको छ।

    1.webp

    2.webp

     


    मंगलवार, माघ २३ २०८००४:०८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij