Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

  • मंगलवार, माघ २३ २०८०

  • 427
    SHARES

  • कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरु गरेको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ ।
    पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गर्नुभएको हो ।

    झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

    झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो । उहाँको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो ।

    उहाँले नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गर्नुभएको थियो ।

    उहाँले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आउनुभएको थियो । अभियानका क्रममा भाषण र आसन ग्रहण नगरी जनताको कुरा नै धेरै सुन्ने तरिकाले कार्यक्रम गर्नुभएको थियो ।

    स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिई समापन गर्ने उहाँको सचिवालयले जनाएको छ ।


    मंगलवार, माघ २३ २०८०१०:५६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij