काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा फिर्ता लिनुभएको छ। केहीदिन अघी व्यक्तिगत कारण देखाउँदै राजीनामा दिनुभएका चन्दले आज फिर्ता लिनुभएको हो।
उहाँले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिनु भएको स्रोतले बताएको छ।‘उहाँले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर जानुभएको छ’, स्रोतले भन्यो।
उहाँलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ।