Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

क्यान्सरसँग जुधिरहेकाहरुलाई नेपाल एअरलाइन्सको राहत, हवाई यात्रामा भाडा छुट

क्यान्सरसँग जुधिरहेकाहरुलाई नेपाल एअरलाइन्सको राहत, हवाई यात्रामा भाडा छुट

  • सोमवार, माघ २२ २०८०

  • 499
    SHARES

  • क्यान्सरसँग जुधिरहेकाहरुलाई नेपाल एअरलाइन्सको राहत, हवाई यात्रामा भाडा छुट

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले क्यान्सर पीडितका लागि राहत प्रदान गर्दै आएको जनाएको छ । क्यान्सर लागेर आर्थिक अवस्था नाजुक भइरहेकाहरुलाई समेत नेवानिको यो कार्यले सहजता प्रदान गरेको छ ।

    २१ माघ अर्थात् फेब्रुअरी ४ मा परेको विश्व अर्बुद रोग दिवसका अवसरमा काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा क्यान्सर रोगीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशत छुट दिँदै आएको जनाएको हो।

    नेवानिले क्यान्सर लाग्नबाट बचौं र बचाऔं नाराप्रति ऐक्यबद्धता जनाउँदै सिआरएसअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भएपनि राहत पुगोस् भनेरै डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसका आधारमा निगमले ५० प्रतिशतसम्म छुट दिँदै आएको बताएको छ।

    क्यान्सर मानव जीवनको जटिल रोग हो जसले शरीरलाई निकै अशक्त बनाउनुका साथै आर्थिक व्ययभार पनि बढाएको हुन्छ । उपचारका शिलशिलामा देशभन्दा बाहिर जाँदा हवाई भाडा मात्रै छुट पाएपनि क्यान्सर लागेकाहरुलाई ठूलो राहत भएको छ ।

     


    सोमवार, माघ २२ २०८००३:०४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij