Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने

  • शुक्रवार, माघ १९ २०८०

  • 622
    SHARES

  • नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ।

    सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।

    मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक मध्याह्न १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ।

    सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो। यो समयमा काम नसकिएपछि माघ २० सम्मलाई समय थपिएको थियो। तर यतिका दिनसम्म पनि काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो।

     


    शुक्रवार, माघ १९ २०८००७:५८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij