Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको पुनिनिर्माण सकिएकोमा खुसी लागेको बताएकी बताउनुभएको छ ।
    रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पमा क्षति भएका संरचनाको बलियो गरी पुननिर्माण गर्न सकिने बताउनुभएको हो ।

    २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी क्षति भएको रानीपोखरीको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले नै शिलान्याश गर्नुभएको थियो ।
    रानीपोखरीको किनारमा उभिएर गरिएको अठोट पुरा भएकोमा आफूलाई खुसी लागेको भण्डारीको भनाई छ । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध छिट्टै सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

    परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

    प्राधिकरणले तयार पारेको रत्नपार्क देखि दशरथ रंगशाललाई जोडी तयार पारेको गुरु योजनाको भण्डारीले प्रशंसा गर्नुभयो । पुनर्निर्माण हुँदै गरेको धरहरा र गुरुयोजनाले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुने उहाँको भनाई छ।  उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो।


    बुधवार, कार्तिक ५ २०७७१२:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij