Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक जीप दुर्घटना अपडेट : घाइते र मृतक सबैलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक जीप दुर्घटना अपडेट : घाइते र मृतक सबैलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

  • बुधवार, माघ १७ २०८०

  • 1.2K
    SHARES

  • सिन्धुपाल्चोक जीप दुर्घटना अपडेट : घाइते र मृतक सबैलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    काठमाडौं– सिन्धुपाल्चोकमा भएको जीप दुर्घटनाका मृतक र घाइते सबैलाई काठमाडौं ल्याइएको छ । आज दिउँसो हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा भुटानी पर्यटक सवार जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको शव र पाँच जना घाइतेलाई काठमाडौं ल्याइएको हो ।

    दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ भने चार जना भुटानी नागरिकसहित ५ जना घाइते भएका छन् । सबैलाई हेलिकप्टरमा काठमाडौं ल्याइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

    घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली हुन् । घाइते नेपाली जिप चालक रहेको खुलेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन्। भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दुर्घटनामा परेको हो।


    बुधवार, माघ १७ २०८००४:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij