काठमाडौं । पत्रकार शेषकान्त पण्डितको निधन भएको छ ।
गोरखापत्र दैनिकमा उपसम्पादक रहनुभएका पण्डितको उपचारका क्रममा आज बिहान ३ बजे ललितपुरको मेडीसिटी अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर पिडित हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टि पशुपतिस्थित आर्यघाटमा आज नै गर्ने परिवारले जानकारी दिएको छ ।
कीर्तिपुरमा बस्दै आउनुभएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् ।