Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, माघ १७ २०८०

  • 507
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । पछिल्लो केहिदिन यता देशभर चिसो अत्यधिक बढेको छ । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

    मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर चिसो बढ्नसक्ने सम्भावना छ।

     


    बुधवार, माघ १७ २०८००६:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij