Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शहीदहरुको सम्झना गर्दै दिवस मनाइयो, शहीदलाई अपमान गर्ने गतिविधि बढेकोमा सरोकारवालाहरुको चिन्ता (खास खबर)

शहीदहरुको सम्झना गर्दै दिवस मनाइयो, शहीदलाई अपमान गर्ने गतिविधि बढेकोमा सरोकारवालाहरुको चिन्ता (खास खबर)

पीडित परिवार थप पीडामा
  • मंगलवार, माघ १६ २०८०

  • 596
    SHARES

  • शहीदहरुको सम्झना गर्दै दिवस मनाइयो, शहीदलाई अपमान गर्ने गतिविधि बढेकोमा सरोकारवालाहरुको चिन्ता (खास खबर)

    हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए
    बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
    यो कवि भूपी शेरचनले कोरेको कविताको हरफ हो, जसले सिंगो देशभक्तिलाई समेटेको छ । प्रकृतिको नियम तारा झरेर गएन भने बिहान हुँदैन र सपूत मरेनन् भने मुलुक पनि बन्दैन । आजको नेपाल स्वतन्त्र देशको रुपमा चिनिन कैयौं शहीदहरुले आफ्नो ज्यान अहूति दिएका छन् । १०४ वर्षे जहाँनिया राणा शासनको विरुद्ध आवाज उठाउँदै नेपाली र नेपालको साझा अस्तित्वका लागि आफ्नो ज्यानको बाजी थाप्दै लखन थापा मगर, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री यो देशको अस्तित्व जोगाउनका लागि शहीद बन्नुभयो । तर पछिल्लो समय शहीदहरुलाई गिज्याउने गरी सस्तो मूल्यमा शहीद बनाउनेको ताँती देखिन्छ । राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले भन्नुभएको छ ए शहीद मरेर ठिकै गरिस् ।

    राणाहरुको १०४ वर्षको एक तन्त्रीय शासनबाट नेपाललाई मुक्त पार्न शहीदहरुले आफ्नो ज्यानको वास्तासम्म गरेनन् । उमेर नढल्किदै आफ्नो यौवनको आलो रगत राणाहरुको बन्दुकको गोलीबाट बगाइदिए, अहिलेको नेपाल बनाउन । हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । यसअघि माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु मचलीमा तथा १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । यतिबेला शहीदका परिवारहरु पनि राज्यप्रति दुखी छन् । वार्षिक रुपमा पाइरहेको सामान्य खर्च भन्दापनि शहीदको ओज घटेकोप्रति चिन्ता रहेको शहीद परिवारकी सदस्य प्रभा खड्काको भनाइ छ ।

    राजनैतिक दलले संचालन गरेको आन्दोलन, माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको जनयुद्ध, २०६२÷०६३ को आन्दोलन, त्यसपछिका मधेश आन्दोलनमा राज्यबाट मारिएकालाई सहिद घोषणा गर्ने क्रम जारी रहेको छ । थारु आन्दोलन आदीबासी जनजाती आन्दोलनमा शाहदत प्राप्त गरेकालाई सहिद घोषणा गरिएको छ । राजनीतिक विश्लेषक लोकराज बरालले लोकतन्त्रको पक्षमा ज्यानको आहूति दिने व्यक्तिहरु शहीद हुन्, यसको अर्थलाई गलत बनाउनु हुँदैन ।

    यसरी घोषणा गर्दै जाँदा शहीदको अपमान गर्ने काम मात्र भएको छ । कस्तालाई शहीद मान्ने भन्ने मापदण्ड पनि सरकारपिच्छे फरक फरक बनाउने गरिएको छ । शहीदलाई सस्तो बनाउने र १० लाख रुपैयामा तुलना गर्ने गरिएको छ । यो गलत प्रावधानलाई हटाउन नसके शहीदहरुको अपमान भइरहने निश्चित रहेको छ ।


    मंगलवार, माघ १६ २०८००७:५९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij