Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल र बंगलादेशबीच मैत्रीपुर्ण २ खेल हुने

नेपाल र बंगलादेशबीच मैत्रीपुर्ण २ खेल हुने

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.2K
    SHARES

  • नेपाल र बंगलादेशबीच मैत्रीपुर्ण २ खेल हुने


    काठमाडौं । बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ । मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बीएफएफले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो ।

    बीएफएफका महासविच अबु नईम शोहागका अनुसार नेपालले बंगालदेशसंग नोभेम्बर १३ र १७ तारिखका दुई खेल खेल्नेछ । अर्थात नेपाली मिति अनुसार नेपालले पहिलो खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ । दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाईएको छ ।

    बंगलादेशले नेपालविरुद्ध खेल्ने ३६ सदस्यीय खेलाडी नाम समेत सार्वजनिक गरेको छ । गतहप्ता नेपाल सरकारले समेत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको प्रस्ताव स्विकृत गरेको थियो । नेपाल सरकारले अनुमतीसंगै बीएफएफले आवश्यक तयारी सुरु गरेको थियो ।

    यसअघि कम्तिमा एक मैत्रीपूर्ण र अवस्था अनुसार दुई मैत्रीपूर्ण खेल हुन सक्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको थियो । मैत्रीपूर्ण खेल पक्का गरेपनि एन्फाले मिति भने सार्वजनीक गरेको थिएन । यता, एन्फाले दशैं लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ । कोरोना महामारीका कारण चैतबाट खेलकुद गतिविधि सुरु हुन सकेका छैनन् ।



    बुधवार, कार्तिक ५ २०७७१२:३२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij