Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

को हुन् हेरिटेज अपार्टमेन्टमा मृत भेटिएकी जर्मन महिला ?

को हुन् हेरिटेज अपार्टमेन्टमा मृत भेटिएकी जर्मन महिला ?

  • सोमवार, माघ १५ २०८०

  • 773
    SHARES

  • को हुन् हेरिटेज अपार्टमेन्टमा मृत भेटिएकी जर्मन महिला ?

    काठमाडौं । ललितपुर महानगरपालिका–१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एक जर्मन महिला मृत भेटिएकी छिन् । ५४–५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर कोठामा लडिरहेको अवस्थामा मृत भेटिएको ललितपुर प्रहरी प्रवक्ता नवराज कार्कीले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार उनी त्यहाँ एक्लै बस्दै आएकी थिइन् ।

    ‘२ वर्षदेखि हप्तामा एक दुई दिन आएर त्यहाँ बस्ने गरेको भन्ने छ । नमोबुद्धमा उनले रिसोर्ट पनि सञ्चालन गरिरहेको भन्ने जानकारी पाएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी कार्कीले भन्नुभयो ।

    अहिले फरेन्सिकको टोली ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, माघ १५ २०८००२:२६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij