Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जी ट्वान्टी फाइव क्लवद्वारा ३ सय ५० भन्दा बढीलाइ न्यानो कपडा बितरण

जी ट्वान्टी फाइव क्लवद्वारा ३ सय ५० भन्दा बढीलाइ न्यानो कपडा बितरण

  • सोमवार, माघ १५ २०८०

  • 422
    SHARES

  • जी ट्वान्टी फाइव क्लवद्वारा ३ सय ५० भन्दा बढीलाइ न्यानो कपडा बितरण

    बुटवल । बुटवल ११ स्थित जी ट्वान्टी फाइव क्लवले पाल्पा दोभान तिनाउ ५ घुङ्ग्राछापमा न्यायो कपडा बितरण गरेको छ ।

    सो स्थानमा ९८ घरपरिवारका ३५० भन्दा बढीलाइ न्यानो कपडा बितरण गरिएको हो । साथै स्थानीय जनकल्याण क्लवलाइ भलिवल समेत प्रदान गरिएको छ । क्लवले दोस्रो पटक कपडा बितरण गरेको क्लवका अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो ।

    क्लवले बिगतदेखि नै बिभिन्न रचनात्मक कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा न ५ का वडाध्यक्ष इन्द्राकुमारी चिदीले समाजसेवा गरेकोमा क्लवलाइ धन्यबाद दिनुभयो ।उहाँले अन्य कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रमको संचालन क्लवका महासचिव किशोर पंगेनीले गर्नुभएको थियो

    कल्याणी आधारभूत प्राबिका प्रअ सुन्दर गाहा,वडा सदस्यहरु गोपालबहादुर चौहान,आगेदेबि मिदुन, जनकल्पाण युवा क्लवका अध्यक्ष खुमबहादुर सोमै ,क्लवका मार्गदर्शक बिमलराज घिमिरे,संरक्षक तथा कार्यक्रम संयोजक प्रेमप्रसाद पाण्डे, क्लवका निवर्तमान अध्यक्ष निर्मल नेपाल, निबर्तमान सल्लाहकार दिपक घिमिरे, दिलबहादुर बिक,उपाध्यक्ष मदन पौडेल,सचिव रेशम महरा,पूर्व कोषाध्यक्ष सुनिल शाही,कार्यसमिति सदस्यहरु मिलन भारी, श्रीप्रसाद श्रेष्ठ, गणेश पाण्डे, लेखा सदस्य लक्ष्मण पोखरेल,आजिवन सदस्य प्रविण भारी, सुजन गोदार लगायत क्लवका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

     


    सोमवार, माघ १५ २०८०१२:२३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij