Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शहीद सप्ताह : आज शहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

शहीद सप्ताह : आज शहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

  • सोमवार, माघ १५ २०८०

  • 715
    SHARES

  • शहीद सप्ताह : आज शहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

    काठमाडौं। गत माघ १० गतेदेखि शुरु भएको शहीद सप्ताहको कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदैछ। शहिद गङ्गालाल र दशरथ चन्दको शोभा भगवतीमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण गरी कार्यक्रम गरिँदैछ।

    हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो ।

    ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

    शहीद सप्ताको पहिलो दिन १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा तथा दोस्रो दिन अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्मरण कार्यक्रम गरिएको थियो ।


    सोमवार, माघ १५ २०८००८:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij