Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एकैपटक २२ ठेकेदार कम्पनी कालोसूचीमा(सूचीसहित)

एकैपटक २२ ठेकेदार कम्पनी कालोसूचीमा(सूचीसहित)

  • सोमवार, माघ १५ २०८०

  • 611
    SHARES

  • एकैपटक २२ ठेकेदार कम्पनी कालोसूचीमा(सूचीसहित)

    काठमाडौं। सरकारले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूको सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

    इसमध्ये सबैभन्दा धेरै सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन्।

    ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा.लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन, गोरखाको अनुपमा निर्माण सेवा, गोरखाकै अन्नपूर्ण निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सन र कास्कीको त्रिवेणी निर्माण सेवा सडक डिभिजन कार्यालय दमौलीले पठाएअनुसार कार्यालयले कालोसूचीमा राखेको हो।

    अन्य जिल्लाका विभिन्न निकायहरूले नाम पठाए अनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षदेखि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

    यी हुन् कालोसुचीमा परेका निर्माण कम्पनीः

    13-1706489211.jpg


    सोमवार, माघ १५ २०८००७:२५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij