Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटना, कस्तो छ अबस्था ?

गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटना, कस्तो छ अबस्था ?

  • आइतवार, माघ १४ २०८०

  • 5.3K
    SHARES

  • गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटना, कस्तो छ अबस्था ?

    काठमाडौं।गायिका रचना रिमाल सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङतर्फ जान लागेको गाडी दुर्घटनामा परेको हो ।

    दाङको लमही महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बा प्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

    पत्रकार शिवु खनालले दिएको जानकारीअनुसार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गैरहेको ट्रकले स्कर्पियोलाई ठक्कर दिएको थियो।

    गाडी दुर्घटनामा परेपनि गायिका रिमाल भने सकुशल रहेको खनालले जानकारी दिनुभयो । खनाल रिमालसँगै गाडीमा सवार हुनुहुन्थ्यो । उहाँले गायिका रिमाल सकुशल रहेपनि आफुलाई भने घुँडामा समान्य चोट लागेको बताउनुभयो ।


    आइतवार, माघ १४ २०८००५:४६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij