Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा हिमपात र कुहिरोको सम्भावना

आज यी स्थानमा हिमपात र कुहिरोको सम्भावना

  • आइतवार, माघ १४ २०८०

  • 365
    SHARES

  • आज यी स्थानमा हिमपात र कुहिरोको सम्भावना

    काठमाडौं । देशभर चिसो बढेको छ । यो चिसो अझैं केहिदिन यस्तै रहने सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

    आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको र देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।


    आइतवार, माघ १४ २०८००८:०६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij