Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रहरीले अध्यागमनका कर्मचारीलाई कुटेको बारेमा छानबिन गर्न समिति गठन

प्रहरीले अध्यागमनका कर्मचारीलाई कुटेको बारेमा छानबिन गर्न समिति गठन

  • शुक्रवार, माघ १२ २०८०

  • 467
    SHARES

  • प्रहरीले अध्यागमनका कर्मचारीलाई कुटेको बारेमा छानबिन गर्न समिति गठन

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताउनुभएको छ ।

    मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य हुनुहुन्छ ।

    आज बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जनुभएको थियो । मेटल डिटेक्टर भएको स्थानमा उहाँलाई चेकजाँच गर्ने क्रममा विवाद भएको र त्यही क्रममा आफूमाथि कुटपिट भएको मोक्तानले बताउनुभएको थियो ।


    शुक्रवार, माघ १२ २०८००७:२७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij