Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

२४ जना प्रहरी सम्पर्कविहीन

२४ जना प्रहरी सम्पर्कविहीन

  • बुधवार, माघ १० २०८०

  • 920
    SHARES

  • २४ जना प्रहरी सम्पर्कविहीन

    काठमाडौं। नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी सहायक निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीससम्म २४ जना सम्पर्कविहीन भएका हुन्।

    प्रहरी प्रधान कार्यालयकाअनुसार सम्पर्कविहीन हुनेमा ३ जना असई, २ जना प्रहरी सहायक हवल्दार, ३ जना प्रहरी प्राविधिक जवान, १५ जना प्रहरी जवान, १ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।

    कार्यालयले आज एक सूचना सार्वजनिक गर्दै सम्पर्कमा नरहेका कर्मचारीहरुलाई ७ दिनभित्र हाजिर हुन भनेको छ। ७ दिनसम्म हाजिर नभएको खण्डमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही हुने सूचनामा जनाइएको छ।


    बुधवार, माघ १० २०८००४:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij