Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरु

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरु

  • बुधवार, माघ १० २०८०

  • 482
    SHARES

  • शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरु
    काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्झनामा बुधबार(आज)बाट शहीद सप्ताह सुरु भएको छ। 
     
    शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आजकै दिन माघ १० गते आफ्नो जीवन उत्सर्ग गर्नुभएको थियो। सोही दिनको स्मरण गर्दै टेकुस्थित शहीद शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै आजदेखि शहीद सप्ताह सुरु गरिएको हो। 
     
    सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शास्त्रीको शालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो। 
     
    तत्कालीन राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएका थिए। यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मारिएको थियो।  ७ दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ। 
     
    प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरूमा धेरै व्यक्तिहरूले सहादत प्राप्त गरेका छन्। उनीहरू सबैको योगदानलाई सप्ताहका कार्यक्रममा स्मरण गर्ने गरिन्छ। 


    बुधवार, माघ १० २०८०१२:४६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij