Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

  • बुधवार, माघ १० २०८०

  • 481
    SHARES

  • ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

    काठमाडौं । ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहश्रलाई पक्राउ गरेको हो ।

    आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिएको हो।

    आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।

    तीनै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


    बुधवार, माघ १० २०८००७:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij