Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा, सीता जन्मस्थललाई जोड्नुपर्ने संस्कृति अध्येयताको तर्क, सरकारको कमजोर उपस्थिति(खासखबर)

भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा, सीता जन्मस्थललाई जोड्नुपर्ने संस्कृति अध्येयताको तर्क, सरकारको कमजोर उपस्थिति(खासखबर)

  • सोमवार, माघ ८ २०८०

  • 695
    SHARES

  • भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा, सीता जन्मस्थललाई जोड्नुपर्ने संस्कृति अध्येयताको तर्क, सरकारको कमजोर उपस्थिति(खासखबर)

    काठमाडौं। भारतको अयोध्यामा आज भगवान रामको प्राण प्रतिष्ठा भएको छ। दिउँसो भारतको स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले गर्भगृहमा उपस्थित भएर प्राण प्रतिष्ठा गर्नुभएको थियो भने श्रीरामको मूर्तिलाई फूल र कपडा चढाइएको थियो।

    यस पूजामा मोदी बाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, आरएसएस प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिहरु मन्दिरको गर्भगृह सहभागी हुनुहुन्थ्यो। श्रीरामको अभिषेक हुनेबित्तिकै वायुसेनाको हेलिकप्टरले मन्दिर परिसरमा पुष्पवृष्टि गरेको थियो। श्रीरामलाई गृहप्रवेश गराउँदै गर्दा सीताको महिमालाई पनि उत्तिकै सम्झिनुपर्ने संस्कृति अध्येता प्राडा वीणा पौडेलको भनाइ छ।

    अहिले राम मन्दिर रहेको स्थानमा १६ औं शताब्दीमा बनेको बाबरी मस्जिद थियो। त्यहाँको जमिनलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच वर्षौंदेखि विवाद थियो। सन् २०१९ मा भारतको सर्वोच्च अदालतले हिन्दुको पक्षमा फैसला सुनाएपछि मस्जिद हटाएर राम मन्दिर बनाइएको हो।

    विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले आजको पवित्र दिनमा नेपाल सरकारले समेत अपनत्व लिन सक्नुपर्ने बताउनुभयो। त्यस्तै, नेपाल सनातन धर्मसंस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले उपनिवेश रहेको भारतले बल्ल संस्कृति अंगिकार गरेका बताउँदै नेपालमा भने ठिक विपरित भइरहेको दाबी गर्नुभयो।

    हिन्दुहरुको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिन्छ। हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन्। तर मुस्लिम समुदायले भने आफूहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन्।

    संघ सरकारले धेरै रुची नदेखाएपनि धनुषालगायत मधेशका जिल्लाहरु दीपप्रज्वलन गरी दिपावली गरिएको र सीताका माइती अयोध्या पठाइएको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख केशरी साहले बताउनुभयो।

    अन्तर्राष्ट्रिय मामिला जानकार हेमराज कार्कीले भारतमा मोदी सरकार उदयपछिको विकास र समाजको स्वरुपलाई राजनीतिक आँखाले मात्रै हेर्न नहुने बताउनुभयो। सनातन धर्मावलम्बीका लागि यो कार्य निकै सहारनीय रहेको उहाँको भनाइ छ।

    आज अयोध्यामा प्राण प्रतिष्ठा गरेका श्रीरामको दर्शनले मात्रै भक्तजनहरुको मनोकामना पूरा हुने छैन किनकी सीताको जन्मस्थलमा पनि एकपटक उपस्थित हुन जरुरी छ। रामसीताको दर्शनपछि मात्रै आत्मसन्तुष्टि मिल्ने संस्कृतिविद्हरुको भनाइ छ।


    सोमवार, माघ ८ २०८००८:०२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij