Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एनआरएनकर्मी तथा कलाकार खनाललाई पितृशोक

एनआरएनकर्मी तथा कलाकार खनाललाई पितृशोक

  • सोमवार, माघ ८ २०८०

  • 1.7K
    SHARES

  • एनआरएनकर्मी तथा कलाकार खनाललाई पितृशोक

    काठमाडौं । नेपाली रेडियो नेटवर्कका कार्यक्रम संयोजक, प्रस्तोता एवं हाँस्यकलाकार सन्तोष खनाललाई पितृशोक परेको छ । पाल्पा हुमिन जन्मनुभई हाल नवलपरासी प्रगतिनगर बस्दै आउनुभएका खनालका पिता भवेश्वर खनालको ८५ वर्षको उमेरमा निधन भएको हो ।

    पूर्व शिक्षक समेत रहनुभएका दिवंगत खनालले शैक्षिक क्षेत्रमा ३५ वर्ष बिताउनुभएको थियो । ६ भाई छोरामध्ये जेष्ठ सदस्य रहनुभएका खनालका एक छोरा र ६ छोरी रहेका छन् ।

    उहाँले ‘कलियुगको धर्म’ कविता संग्रह पनि प्रकाशन गर्नुभएको थियो । साहित्य र कलामा समेत रुची राख्ने खनाल सत्यकर्ममा विश्वास गर्नुहुन्थ्यो । स्नातकसम्मको अध्ययन गर्नुभएका खनाल तत्कालीन समयको समाजका प्रवर्तकका रुपमा समेत स्थापित हुनुहुन्थ्यो ।

    गाउँमा शिक्षाको पहुँच कम भएका बेला उहाँले सबैलाई अध्ययनप्रति अभिरुची जगाउने कार्य समेत गर्नुभएको थियो । शिक्षाले नै समाज बदल्न सक्छ भन्ने मान्यताबाट ओतप्रोत रहनुभएका खनालको निधनले एक अभिभावक गुमाएको उहाँका आफन्तले जनाएका छन् । 


    सोमवार, माघ ८ २०८००४:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij