Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा : नेपालका विभिन्न स्थानमा उत्सव

अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा : नेपालका विभिन्न स्थानमा उत्सव

  • सोमवार, माघ ८ २०८०

  • 704
    SHARES

  • अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा : नेपालका विभिन्न स्थानमा उत्सव

    काठमाडौं । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ ।

    रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् ।

    यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलनको लागि तयारी गरेका छन् ।

    जानकी मन्दिर वरपर श्री सियाराम उल्लेखित भगवा रंगको झण्डाले सजाइएको छ ।

    राममन्दिरको प्राण प्रतिष्ठालाई लिएर धनुषाको सहिदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकनन्दनी गाउँपालिका लगायत अन्य जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा समेत दिएको छ । सोमबार दीप प्रज्वलन गरी दिपोउत्सवको रुपमा मनाउन पालिकाहरुले आग्रह समेत गरेका छन् ।


    सोमवार, माघ ८ २०८००२:२१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij