काठमाडौं । माइतीघर मण्डलाको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै डा. गोविन्द केसी र विवेकशील पार्टीका विजयबाबु सिवाकोटीले आज प्रदर्शन गर्नुहुने भएको छ । आज अपराह्न: साढे ४ बजे माइतीघर मण्डलामा विभिन्न प्लेकार्डसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
डा. केसी यसअघि पनि पटकपटक माइतीघर मण्डलाको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै प्रदर्शन गर्दै आउनुभएको छ ।
उक्त क्षेत्रमा निषेधाज्ञा तोकिएकाले प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । हिजो मात्र माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।