काठमाडौं । भारतको अयोध्यामा उद्घाटन हुन लागेको राममन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लामा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ।
आइतबार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्याली निकालिएको हो। र्यालीमा सहभागीले हिन्दु धर्मावलम्बीका लागि यो क्षण खुशीमय रहेको बताएका छन् । उनीहरूले नगरपरिक्रमा गर्दै कलशयात्रा समेत गरेका छन्।
भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राममन्दिर बनाइएको छ। नेपालभरका पाँच हजार मन्दिरमा सोमवार मध्याह्न १२ बजेदेखि १ बजेसम्म सत्संग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरति तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दूले दीपोत्सव गर्न गर्न आह्वान गरिएको छ।