काठमाडौं। सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा हुन मापदण्ड थप गरिएको छ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले अब डिएसपी बन्न सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययनमा अधिस्नातक डिप्लो(पोस्ट ग्र्याजुएट डिप्लोमा)मा गर्नुपर्ने मापदण्ड तय गरिएको जानकारी दिनुभयो।
यसअघि सशस्त्र प्रहरीमा डीएसपीमा बढुवाका लागि कम्पनी कमाण्ड एण्ड स्टाफ कोर्स (सीसीएसी)राखिएको थियो। यसपटकबाट भने कम्पनी कमाण्ड र विपद व्यवस्थापन दुबै कक्षा एकैपटक भइरहेको छ।
सशस्त्र प्रहरी बलले अहिले आफ्नो नयाँ ऐन ल्याउन गृहकार्य गरिरहेको छ।त्यसपछि बन्ने नियमावलीमै यो विषय समावेश गर्ने सशस्त्र प्रहरीको तयारी छ।
अहिले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आन्तरिक सुरक्षा व्यवस्थापन (सशस्त्र संघर्ष,आतंकवादी गतिविधि लगायतलाई निस्तेज पार्ने), राजश्व संकलन र विपद् व्यवस्थापनमा खटाइँदै आएको छ।
अहिले सशस्त्र प्रहरी बलमा कर्मचारीको कार्यसम्पादन मूल्यांकनलाई वैज्ञानिक बनाउन प्रत्येक कर्मचारीको नियमित रुपमा गोप्य प्रतिवेदन फारम समेत भर्ने व्यवस्था गरिएको छ।
यस्तै सीमा सुरक्षामा उपस्थिति बढाउँदै लैजाने नीति अनुसार २५वटा बोर्डर आउट पोस्ट(बीओपी)थप गरेर २५३ वटा पु¥याइएको छ।